सशस्त्र प्रहरी बलमा लेखा र कानुन समूह खारेज गरिँदै
सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–१७, सशस्त्र प्रहरी बलमा गठन गरिएको लेखा र कानुन समूह खारेज गर्ने तयारी सुरु भएको छ ।
करिब एक वर्षअघि गठन गरिएको लेखा र कानुन समूह खारेज गर्ने तयारीसहित सशस्त्र प्रहरी हेडक्वाटरले एआईजी नारायणबाबु थापाको कमान्डमा पुनरावलोकन समिति गठन गरेको छ ।
तत्कालीन सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तले आफू निकटस्थ अधिकृतहरूलाई सजिलो बाटोबाट माथिल्लो ओहदामा लैजाने उद्देश्यसहित सशस्त्र प्रहरी नियमावली परिवर्तन गरेर समूहगत प्रणालीमा जाने व्यवस्था गरेका थिए ।
वन्तकै कार्यकालमा परिवर्तित नियमावलीअनुसार २०७४ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले समूह गठन गरेको थियो ।