माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्य, १० जना घाइते
इटहरी । बैशाख–१७, झापाको भद्रपुरबाट काठमाण्डौँ आउदै गरेको माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा बा४ख ६९१९ नं.को माइक्रो बस दुर्घटना भएको हो ।
तीव्र गतिमा रहेको माइक्रोबस अनियन्त्रित भई ठडियाचोक नजिक रहेको सडक किनारको रुखमा ठक्कर लाग्दा झापा भद्रपुर–१५ की ५१ वर्षीया उमा निरौला र सोही ठाउँको ५२ वर्षको श्याम कार्कीको उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका माइक्रो चालक धीरज न्यौपाने, सहचालक दीपक पाण्डे,यात्रीहरु नरमाया तामाङ, सावित्री राई, मञ्जु तामाङ,, प्रकाश कोइराला ,विमला मैनाली , पुण्यकुमारी विष्ट , पुनम लामा लगायतका अन्य घाइतेको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।