चिनिमा युरिया मिसाउने व्यापारीविरुद्ध मुद्दा
सहयात्रा टिभी
दिक्तेल । बैशाख–१७, खोटाङको दिक्तेल बजारका पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध चिनीमा युरिया मिसाएको आरोपमा मुद्दा दर्ता गरिएको छ।
चिनीमा युरिया मिसाएर बिक्रि गरेको उपभोक्ताको गुनासो आएपछि प्रहरीले सरकारी वकिल मार्फत व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो।
उनका विरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्दा दर्ता भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए।
मुद्दा दर्तासँगै व्यवसायी पाण्डेबाट रु दुई लाख धरौटी मागिएको छ।
चैत्र ३० गते एक उपभोक्ताको मौखिक उजुरीलाई आधार मानि प्रहरीले पाण्डे भेराइटिजको पसल तथा गोदाममा शिलबन्दी गरेको थियो भने बैशाख ११ गते परीक्षणका निम्ति प्रहरीले चिनीको नमुना लिएको छ ।