खाद्य संस्थान कार्यालयमा चामलको अभाव
सहयात्रा टिभी
भोजपुर । बैशाख–१७, खाद्य संस्थान कार्यालय भोजपुरमा चामलको अभाव भएको छ । लामो समय देखि बोलपत्र आह्वान गरिए पनि हालसम्म चामल नआएकोले कार्यालयमा चामलको अभाव भएको हो ।
भोजपुर जिल्लामा यस वर्ष ५०० क्विन्टलको लागि बोलपत्रको आह्वान भइसकेको छ । यहाँका स्थानीय तथा जिल्ला कारागारमा वितरण गर्ने चामल दुई महिना अगाडिदेखि नै सकिएको खाद्य संस्थान भोजपुरका प्रमुख भक्तबहादुर भण्डारीले बताए ।