केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बहुमुल्य रुवी पत्थरसहित एक जना पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–१७, काठमाण्डौं नागढुङ्गाबाट बहुमुल्य रुवी पत्थरसहित एक व्यक्ति पक्राउ परेका छन् ।

नागढुंगामा चेकपोष्टमा खटिएको प्रहरी टोलीले धादिङबाट काठमाण्डौं आउँदै गरेको बसमा धादिङ निलकण्ठ नगरपालिका ४ का सूर्य तामाङको साथबाट उक्त रुवी पत्थर बरामद गरेको हो।

चेकजाँचको क्रममा तामाङको साथबाट रुवी पत्थर भेटिएपछि प्रहरीले तामाङलाई हिरासतमा लिएको छ र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 30 April, 2018

प्रतिक्रिया दिनुहोस्