विश्व मजदुर दिवसमा राष्ट्रपतिको शुभकामना
सहयात्रा टिभी
काठमाण्डौँ । बैशाख–१८, राष्ट्रपति विधादेवी भण्डारीले विश्वमा छरिएर रहेको सम्पुर्ण नेपाली श्रमजीवीहरुमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छिन।

राष्ट्रपति भण्डारीले विश्व मजदुर दिवसका अवसरमा शुभकामना सन्देश मार्फत नेपालमा श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपुर्ण भुमिका निर्वाह गर्ने, समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने जस्ता कुरामा श्रमिक वर्ग लाभान्वित हुने आश गरेकी छिन ।
उनले स्वादेश र विदेशमा सबै नेपाली श्रमिकले श्रम गर्दा अनुकुल श्रम वातावरण, न्यायोचित पारिश्रमिक र सामाजिक सुरक्षा लगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गरिकी छिन। उनले आफ्नो अधिकारलाइ सुनिश्चित गरि विश्वभरका श्रमजीवीलाई एकतामा बाधिन सयोग गर्ने विश्वास गरिकी छिन ।


