कतारले विदेशी श्रमिकको पारिश्रमिकमा वृद्धि गर्ने
सहयात्रा टिभी
एजेन्सी । बैशाख–१८, कतारले विदेशी कामदारहरुको लागी तोकेको न्युनतम तलबमा वृद्धि गर्ने भएको छ ।
श्रमिकमाथि गरेको व्यवहारका कारण कतारले आलोचना भोगेपछि श्रम नीतिमा परिमार्जन गरी सन् २०१८ को अन्त्य सम्ममा कामदारको न्युनतम तलब वृद्धि गर्ने भएको हो ।
अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिव सरण बुरोजले कतारी श्रममन्त्रीसँगको भेटपछि यसै वर्षको अन्त्य सम्ममा विदेशी कामदारका लागि तोकिएको न्यूनतम तलब बृद्धि गर्ने संकेत पाएको जानकारी दिइन । बुरोजले कति तलब बढ्ने छ भन्ने आँकडा त दिइनन तर श्रमिकको बढ्दो खर्चलाई मध्यनजर गरी रकम वृद्धि हुने अपेक्षा गरेको बताइन् ।