एमाले र माओवादी आन्तरिक छलफलमा जुट्दै
सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–१९, नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताको विषयमा छलफल गर्न अलग अलग बैठक बस्दै छन् ।
पार्टी एकता प्रक्रियामा देखिएको गतिरोध र समाधानको उपायबारे छलफल गर्न दुवै पार्टीले अलग अलग बैठक राखेको हो ।
माओवादी केन्द्रको सचिवालय बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ भने एमालेको स्थायी कमिटी बैठक साँझ ६ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने छ ।
दुवै पार्टीका अध्यक्षबीच बिहीबार छलफल गर्ने तयारी छ । एकताको विन्दु पहिल्याउन छलफल गर्न लागिएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।