केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिनियाँहरु किन खान्छन् साङ्लाको जुस ?

सहयात्रा टिभी

काठमाडौं । घरभित्र र अझ भान्साभरि साङ्ला देख्दा हामीलाई घिन लाग्छ, घिन मान्छौ । अझ खाने कुरामा साङ्ला परेको देख्यौं भने त खाना नै फालिदिन्छौं । तर चीनमा भने मानिसहरुका लागि यहीँ साङ्ला कमाइको माध्यम बनिरहेको छ ।

सम्भावित औषधीय गुणका कारण चिनियाँ औषधि उद्योगहरुका लागि साङ्ला व्यवसायिक अवसरको रुपमा खडा भएको छ । चीन लगायतका केही एसियाली देशमा साङ्लालाई तेलमा तारेर खाने चलन पनि छ । अब चाहीँ चीनमा साङ्लाको ठूलो परिमाणमा उत्पादन गरिँदैछ । चीनको शिचांग सहरमा एक औषधि कम्पनीले हरेक वर्ष ६ सय करोड साङ्ला उत्पादन तथा पालन गर्दछ । दराजका पातला घर्राहरुमा साङ्ला पालन गरिन्छ । साङ्लाका लागि खाना तथा पानीको जोहो पनि गर्नुपर्दछ ।

साङ्लाका लागि अँध्यारो वातावरण र उचित आद्रता पनि उपलब्ध गराइएको हुन्छ र प्रजननका लागि पर्याप्त ठाउँ पनि रहेको हुन्छ । साङ्लाहरु घरबाहिर निस्कन पाउँदैनन् । यसरी पालन गरिएका साङ्लाहरु वयस्क भएसँगै संकलन गरी पिँधेर लेदो बनाइन्छ । यसरी सांग्लाको जुस तयार गरिन्छ र परम्परागत औषधिको रुपमा बिक्रि गरिन्छ । पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धी रोग, वान्ता आउने लगायतका रोगको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ ।

चिनियाँ विज्ञका अनुसार साङ्लाको जुस वास्तवमा चमत्कारी औषधिको रुपमा काम गर्दछ । यसले अनेक खालका रोग निको पार्दछ । चीनमा बुढापाकाहरुको जनसंख्या बढिरहेको छ र त्योसँगै मानिसमा स्वास्थ्य समस्या पनि बढ्दैछन् । यस्तोमा सस्तो तथा स्थानीय रुपमा उत्पादित औषधिको माग उच्च छ । सोही कारण साङ्लाको जुस निकै लोकप्रिय बनिरहेको छ । औषधिका लागि साङ्लाको पालन गर्ने काम सरकारी योजनाको एउटा हिस्सा पनि हो । सांग्लाको जुसको औषधिलाई अस्पतालहरुले पनि प्रयोगमा ल्याएका छन् ।

कतिपय विज्ञ चाहीँ साङ्लाको जुस मानिसका विभिन्न खाले रोगको उपचारमा रामवाण रहेको भन्नु सत्य नभएको बताउँछन् ।

बीबीसी हिन्दीबाट

प्रकाशित : 2 May, 2018

प्रतिक्रिया दिनुहोस्