भारतसँगको सीमा विवाद सुल्झाउन केन्द्र सरकारलाई प्रदेश ७ को अनुरोध

काठमाण्डौँ । बैशाख–२०,कञ्चनपुरको पुनर्वास लगायतका क्षेत्रमा नेपाल भारतबीच देखिएको सीमा विवाद आन्तरिक मामिला सुल्झाउन प्रदेश ७ को सरकारले केन्द्र सरकारलाई अनुरोध गरेको छ ।
मन्त्रिपरिषदको कार्यालयमा बुधवार बसेको मन्त्रिपरिषद बैठकले दुई देशबीचको सीमा विवाद समाधानका लागि कुटनैतिक पहल गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
प्याराताल क्षेत्रमा उत्पन्न सीमा विवादबारे कानुनमन्त्री प्रकाशबहादुर शाहले बुधवार सदनलाई जानकारी गराएका छन् । सीमा क्षेत्रमा देखिएका विवाद समाधानको लागि बनेको दुई देशको संयुक्त नापी टोलीको समयावधि सकिने क्रममा रहेकाले त्यसको समय अवधि बढाउन पनि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले बताएका छन।