केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तत : एन्फाको चुनाव वैशाख २२ मा हुने पक्का

सहयात्रा टिभी

काठमाडौं । वैशाख २०, अखिल नेपाल फुटबल संघ ‘एन्फा’ को चुनाव वैशाख २२ गते हुने अव भने पक्का भएको छ । निर्वाचन प्रक्रिया विधिसम्बत् नभएको भन्दै एन्फा पदाधिकारी लगायत अन्य आठ जनाले दायर गरेको अन्तरिम आदेश काठमाडौं जिल्ला अदालतले आज अस्वीकार गरिदिएपछि एन्फाको चुनाव हुने बाटो खुलेको हो ।

एन्फा कोषाध्यक्ष तथा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही लगायत विभिन्न जिल्ला फुटबल संघका ८ पदाधिकारीले विधानसम्मत् चुनाव गर्न माग गरी बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रमेशराज पोखरेलको एकल इजलाशले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गर्दै विपक्षीलाई १५ दिन भित्र कारण देखाउ आदेश जारी गरेको छ । यसअघि भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले केन्द्रीय चुनावमा आफूहरुलाई बञ्चित गर्न लागिएको भन्दै पाटन उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्