केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सम्बन्ध…

सहयात्रा टिभी

 

……..भन्छन् रगतको सम्बन्ध जस्तो अरू हुदैन। यो त जन्म जन्म सम्म अटुट र प्यारो हुन्छ,अन्त अन्त कालसम्म चल्छ र चलिरहन्छ। तर उ त्यसो मान्दिन, उ उसंग जोडिने हरेक सम्बन्धलाई घृणा गर्छे। अरुसंग उसलाई कुनै मत्लब छैन अरुका सम्बन्धसंग पनि कुनै मत्लब छैन, अरुका सम्बन्धलाई त उ यति सम्मान गर्छे कि सायद दुनियाँ नै पछाडि पछि पर्छ होला उसका अगाडि । बस उसलाई घृणा छ त आफूसंग जोडिएका र आफ्नो वरपर आफुलाइ घेरेका सम्बन्धसंग ।

यसै त उसलाइ अज्नबिहरुसंग बोल्न त्यति मन पर्दैन र उ त्यती बोल्दा पनि बोल्दिन । उसलाइ आफ्नै साथी नै ठिक छ्न् बोल्नलाई। उसलाई एकान्त धेरै मन पर्छ उ एकान्तसँग निकै रमाउछे ।एकान्त पाईभने त्यही एकान्तमा आफुलाइ पनि भुलाइ दिन्छे । यस्तै एकदिनको कुरा हो उ एउटा पार्कको अलि पर रूखमुनि बेन्चमा बसेर के के सोच्दै थिइ मानौ त्यो एकान्तमा आफुलाई भुलेर रमाउदै थिइ त्यति नै बेला उसको एकान्तलाई खल्बल्याउन एकाएक एक अज्नबी युवक आइपुग्यो।

आफ्नो एकान्तलाई यसरी खल्बल्याएको देखेर उसलाइ त्यो अज्नबी युवकसंग धेरै रिस उठ्यो तर के गर्नु एकाएक त्यहाँ त्यसरी रिस पनि देखाउने नमिल्ने त्यसैले उ चुप लागि। अज्नबि युबकले उसंग भन्यो “माफ गर मैले तिम्रो एकान्त लाई भंङ्ग गरे” उसको आवाज यति नरम र मीठो थियो कि एकछिन अघिसम्म उठेको उसको रिस पनि मारिदियो । अनि उसले भनि “भनि छैन” उ फेरि चुपलागि। युबकले भन्यो “म यो सहरमा नयाँ हु र यहाँ पनि, तिमि यसरी एक्लै बसेको देखेर तिमिसंग कुरा गर्न मन लाग्यो बास्तबमा मलाई एक्लै बस्न दिक्क लाग्छ यसैले” यसपछी उनिहरु हेर्दाहेर्दै कुरा गर्दैजादा एकाएक बर्सौ छुटिएर भेटेका साथी जस्ता भए एकअर्का बारेमा एकअर्कालाइ भने एकअर्काका कुरा एकअर्काले सुने । कुरैकुराको सिलसिलामा अज्नबी युबकले भन्यो म यहाँ बाबाआमासगँ बस्छु । उहाँहरू मलाई धेरै माया गर्नु हुन्छ त्यसै त मेरा हरेक चाहिने नचाहिने सबै इच्छालाई पूरा गर्नु हुन्छ र पूरा गर्नुभएको छ। म त चाहान्छु,म हरेक जन्ममा उहाँहरूकै सन्तान भएर जन्मन पाउ यस्ता आमाबाबा भगवान हर कसैलाइ दिउन ।

अज्नबी युबकको कुरा सकिन नपाउदै उ त्यहाँ बाट एकाएक फर्किएर कोठा आइ उसलाइ जान्छु पनि नभनि अनि सोच्न थाली युबकका कुरा । आमा त ल ठिक छ,आमा हरेक सन्तानलागि प्यारी हुन्छिन् तर बाउ उफ् अनि उसले सम्झि ति दिनहरू ।

एकदिनको कुरा उ सानि थिइ र धेरै रोइरहेकी थिइ परबाट कोहि आकृती हातभरी चक्लेट र खेलौना बोकेर आइरहेको थियो, उ जति जति  उसको नजिक हुँदै जान्थ्यो उ उतिउती आफ्नो बाबालाई कल्पना गर्थी तर त्यो आकृती अरु कसैको हुन्थ्यो र उ खिन्न हुन्थी यसरी नै उसको बाल्यकाल बितेको थियो र उ बिस्तारै ठुली हुँदै गइ । उसकी आमाले उसलाई खुब माया गर्थिन उनी चाहान्थिन् छोरी सहि गलत छुट्याउन सिकोस भबिस्यमा राम्रो गरोस् र राम्रो मान्छे बनोस् । त्यसैले पनि अनेक समस्याका बाउजुत पनि उनीले उसलाइ बिध्यालय पठाएकि थिइन्। पहिला पहिला त उ कुरा बुझ्दैन् थिइ किन बाबाले उसलाइ माया गर्दैनन् किन बाबा र आमा बिच जहिले झगडा र कलह मात्र हुन्छ तर जब उ ठुली भइ सहि गलतको फरक छुट्याउन सक्ने भइ अनि उसले थाहा पाई ।

उसको बाबुको चाहाना त छोरा हो उसलाई पनि छोरा भनेर जन्माएका रे उसका बाउले जब उ छोरा हैन छोरी भएर यो संसारमा आइ उसका बाउले आमासंग दिनहुँ छोरा कै निहुमा कचकच गर्न थाले छोरा नजन्मनुमा आमालाई मात्र दोष दिन थाले र घरको कलह यति धेरै बढ्न थाल्यो कि बाबू आमाको सम्बन्धमा धेरै फरक आयो र यसको असर उमाथी पनि प्रत्यक्ष पर्न थाल्यो ।

एक दिन उसका बाउ उसकी आमासंग कचकच गर्दै भन्दै थिए उ छोरी भएर जन्मेकोले उसका बाउको इज्जत समाजमा घट्यो रे यो कुरा सुनेको दिनदेखि उ बाउ भन्ने शब्दैलाइ नै उसले घृणा गर्न थाली र बाउसंग जोडिएको उसको सम्बन्धसंग पनि घृणा गर्न थाली उसकोलागी उसको बाउ मात्र एउटा त्यस्तो पात्र हुन जसलाइ समाजले पुरुषको नाम दिएको छ । पुरूष को बिल्ला भिराइदिएको छ यस पछ्यात उसले कहिल्यै बाउलाई बाउ भनिन् बाउसंग जोएको सम्बन्धलाई सम्मान गर्न त परै जाओस् ।तर उसकी आमा जहिले उसलाई सम्बन्धलाई सम्मान गर्न भन्थिन् र सिकाउथिन् । उ आमाका कुरा काट्न त सक्दैन थिइ तर बाउलाइ सजिलै माफ पनि गर्न सक्दैन थिइ न बाउसंग जोडिएको सम्बन्धलाई सम्मान नै गर्न सक्थी जुन दिन देखि उसले गाउँ छोडेकी थिइ उसले आफ्नो बाउ र उनिसंग जोडिने रहेक सम्बन्धलाई भुलिसके कि थिइ

उसको वरिपरी कोहि थिएन्, थिए त केबल उसकी आमा

अनि उसका केही साथी बस ।

आज त्यो अज्नबि युबकको कुराले उसलाई नचाहेर पनि उसलाई उसको बिगतसंग सामाना गराइदिएको छ । सोच्न बाध्य बनेको थियो। उ जुन बाबुलाइ उ एउटा पुरुष बाहेक केही देख्दिन्, जसकालागि सम्बन्ध मात्र भन्नलाइ हुन्छन् के ती बास्तबमा नै  त्यो युबकले भनेका जस्तो प्यारा र आत्मीय हुन्छ त । उसले भने जस्तै सम्बन्धको डोर यति बलियो हुन्छ त,जसले अन्न्त कालसम्म एकअर्कासंग बाधेर राख्ने सकोस्।

अनि उसले निर्णय गर्छे उ फेरि त्यो अजन्बी युबकसंग भेट्ने छे र उसंग आफ्ना सारा कुरा साट्ने छे के थाहा त्यसपछि उसको सम्बन्धलाई हेर्ने नजर परिबर्तन पो हुन्छ कि ……!!

यमुना थापा,

जसले निरन्तर रुपमा www.sahayatratv.com मा साहित्यीक आलेखहरु लेख्दै आएकी छन् ।

 

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्