प्रेमबहादुरलाई साउदी जेलबाट छुटाउन प्रधानमन्त्रीले ३० लाख हस्तान्तरण

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२१,दुई वर्ष देखि साउदी जेलमा जीवन बिताइरहेका पे्रमबहादुर राईलाई रिहाईको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगार्थ संकलन गरिएको रकम परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । 

सवारी दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि दुई वर्षदेखि बन्दी जीवन बिताइरहेका थिए ।

उनलाई एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगदओलीले राईकी पत्नी सरितालाई प्रदान गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफुलाई भेट्न आइपुगेका राईको परिवारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेलमा रहेका प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताएका छन ।

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्