एमाले र माओवादीबीच एकता नभए राजनीतिक संकट:प्रचण्ड

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२१,कार्ल मार्क्सको सम्झनामा शुक्रबार राजधानीमा गरिएको कार्यक्रममा कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले पार्टी एकतामा जोड दिएका छन ।

कार्यक्रममा उनीहरुले समयको आवश्कताअनुसार एकताको विकल्प नभएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले परिवर्तनको लागि एमाले र माओवादीबीचको पार्टी एकता हुनै पर्ने बताएका छन ।

उनले पार्टी एकता नभए राजनीतिक ठुलो संकट देखिने बताए । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रलाई अझ बलियो बनाउन माओवादी केन्द्रसँग एकता गर्ने र त्यही बाटोबाट नेपालको समृद्धि सम्भव हुने जिकिर गरेका छन ।

कार्यक्रममा अर्को नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले परिवर्तनका लागि कम्युनिष्ट पार्टीहरु एक हुनैपर्ने बताएका छन।

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्