केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गृह मन्त्रालयको निर्देशनमा यातायात व्यावसायहरु पक्राउ

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२१,सरकाले देशैभरका यातायात व्यावसायहरुलाई पक्राउ गर्न थालेको छ । गृह मन्त्रालयको निर्देशनमा सार्वजनिक यातायात जस्तो अत्यावश्यक सेवामा हड्ताल गरेपछि प्रहरीले यातायात समितिका पदाधिकारी र सदस्यहरुलाई पक्राउ गर्न थालेको हो ।

गृह मन्त्रालयबाट देशभरबाट सिन्डिकेटको पक्षमा लागेर सवारी साधन बन्द गर्ने यातायात व्यवसायीलाई पक्राउ गर्ने निर्देशन अनुसार प्रहरीले पक्राउ गर्न थालेको छ ।

नेपाल यातायात व्यवसायका महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । उनलाई अत्यावश्यक सेवा सञ्चालन ऐन अनुसार कारर्वाही हुने काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिएका छन् ।

प्रकाशित : 4 May, 2018

प्रतिक्रिया दिनुहोस्