केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रेलमार्गको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउने

सहयात्रा टिभी

 

काठमाण्डौं । बैशाख–२३, केरुङ–काठमाण्डौं रेलमार्गको अध्ययन गर्न चिनको रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारी र रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोलीसँग चिनमा भएको सहमतिअनुसार चिनियाँ अधिकारी आगामी दुई साताभित्र नेपाल आउने भएका हुन्।

रेल विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको टोली रेलमार्ग अध्ययनका लागि आउन लागेको हो।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्