केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिपले मोटरसाइकललाई ठक्कर दिदां एकको मृत्यु :जिप चालकसँग पेस्तोल भेटियो

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२३, बसुन्धरामा जिपले मोटरसाइकललाई ठक्कर दिदां एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । गएराती सवा ११ बजे बा ३ च १६५४ नम्बरको जिप र बा ४० प ५७ ७५ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिंदा मोटरसाइकल चालक २६ बर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो ।  मोटरसाइकलमा पछाडि बस्ने २९ बर्षीय अर्जुन बोहोरा घाइते भएका छन । 

गम्भिर घाइते भएका नेपालीको शिक्षण अस्पतालमा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको थियो। घाइते बोहोराका अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने जिप चालकको साथबाट पेस्तोल समेत बरामद भएपछि घटना रहस्यमय बनेको छ । पेस्तोलसहित काठमाडौंको गैरीधारा बस्ने ४२ वर्षीय सुमन थापा पक्राउ परेका छन् । थापा अपराधिक समुहमा हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताएका छन ।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्