केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दक्षिण कोरियाबाट सैनिक फिर्ता गर्न ट्रम्पको आदेश

सहयात्रा टिभी

 

एजेन्सी । बैशाख–२३, अमेरिकाले कोरियाली द्वीपबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई दक्षिण कोरियामा तैनाथ आफ्ना सैनिक फिर्ताको तयारी गर्न आदेश दिएका छन्।

सैनिक घटाउने ट्रम्प प्रशासनको निर्णय उत्तर कोरियाली नेता किम जोङ उनसँग हुने आगामी भेटवार्तामा परमाणु हतियार बार्गेनिङका लागि नभएको न्युयोर्क टाइम्सले जनाएको छ ।

दक्षिण कोरियाबाट पूरै सैनिक फिर्ता गर्ने वा कटौती गर्ने भन्ने विस्तृत जानकारी भने अमेरिकी अधिकारीले दिएका छैनन् ।

तर दक्षिण कोरियाले बुधबार सियोलस्थित अमेरिकी सैनिकलाई फिर्ता नपठाउने र त्यसको कोरियाली प्रायद्विपको शान्ति सम्झौतासँग कुनै सम्बन्ध नरहेको बताएको थियो ।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्