महासंघका अध्यक्षसहितका पदाधिकारी छुट्दै
सहयात्रा टिभी
काठमाण्डौँ । बैशाख–२३, सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने यातायात व्यावसायका पदाधिकारीहरु अब देखि हडताल नगर्ने कागज गर्ने तयार भएका छन ।
काठमाण्डौँ जिल्ला अधिकारी केदारप्रसादका अनुसार फक्राउ परेका नेपाल यातायात व्यावसायका अध्यक्ष कर्मचारी सहितका पदाधिकारीहरुले अबदेखि हडताल नगर्ने कागज गर्न तयार भएका हुन। उनीहरुले सेवा रोकेर आन्दोलन नगर्ने बताएका छन । अध्यक्ष कर्माचारी महासचिव सरोज सिटौला लगायत अधिकारी काठमाण्डौंमा पक्राउ परेका पदाधिकारीहरु नै कागज गरेर रिहा हुने भएका छन ।