केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चीनले समुन्द्रमाथि बनायो ५५ किमि लामो पुल

सहयात्रा टिभी

एजेन्सी । बैशाख–२३, चीनले समुन्द्रमाथि अहिले सम्मको विश्वकै लामो पुल बनाउन सफल भएको छ । चीनले समुन्द्रमाथि ५५ किलोमिटर लामो पुल बनाएर कीर्तिमान कायम राखेको हो ।

उक्त पुल बनाउन चीनले २ लाख ०८ हजार करोड खर्च गरेको छ । उक्त पुल बनाउन धेरै गुणस्तरीय स्टील प्रयोग गरिएको चीनको सरकारी पत्रिका साउथ चाइना मर्निङ्गले उल्लेख गरेको छ ।

चीनले उक्त पुलको झलकहरु यो शनिवार मात्र सार्वजनिक गरेको हो । यो पुलबाट हाल बस र कार मात्र आवतजावत गर्न सक्छन् । पैदल यात्री र मोटरसाइकलवालाको लागी याहाँबाट आउजाउ गर्न निषेध गरिएको छ ।

यस पुलबाट दिनमा लगभग ४० हजार सवारीसाधनहरु आवतजावत गर्ने अनुमान गरिएको छ ।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्