अब रक्सी र लागुऔषध नियन्त्रण गर्ने:गृहमन्त्री थापा
सहयात्रा टिभी
काठमाण्डौँ । बैशाख–२४, गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करी र यातायात क्षेत्रका सिण्डिकेटधारीहरु माथि सफल भएपछि अब ध्यान रक्सि नियन्त्रण तर्फ दिने भएका छन ।
महिलाहरुको एक समुहले आइतबार गृहमन्त्रालयमा मन्त्री बादललाई भेट्न पुगेका महिलाहरुले मदिरा नियन्त्रण हुनुपर्ने माग गरेका छन । गृहमन्त्री थापाले महिला समुहलाई अब देशमा मदिरामुक्त बनाउन पहल गर्ने बताएका छन ।
छलफलमा महिला नेतृहरुले सिन्डिकेट तोडे जस्तै मदिरा मुक्त बनाउन जोड दिनुपर्ने बताएका छन । उनीहरुले मदिराबाट सबैभन्दा बढि पिडित महिला रहेको भन्दै गृहमन्त्रीको अभियानमा साथ दिन तयार रहने बताएका छन ।
उनीहरुले पहिलो चरणमा मदिरा नियन्त्रण र दोस्रो चरणमा मदिरा निषेध नै गर्नेगरी कार्ययोजना ल्याउन गृहमन्त्रीलाई सुझाव दिएका छन ।