केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विमानको बाथरुमभित्र एकजोडी नंग्न भेटिएपछि

सहयात्रा टिभी

एजेन्सी । बैशाख–२४, गैटविक एयरपोर्टबाट उडेको भर्जिन एटलान्टिक विमानको बाथरुम भित्र एक जोडी नंग्न अवस्थामा भेटिए पछि सबै यात्री आश्चर्यमा परेका छन् । मार्च १३ मा गैटविक विमानस्थलबाट मेक्सिकोको कैनकन विमानस्थलका लागि उडेको विमानको बाथरुमभित्र एक युवा र एक युवति सेक्स गरिरहेको अवस्थामा नांगै भेटिएका हुन् ।

विमान भित्र बसिरहेको ठाउँमा नै एकअर्कालाई चुम्बन गरिरहेका ती जोडी पालैपालो एउटै बाथरुममा छिरेका थिए । लामो समयसम्म दुवै जना बाथरुमबाट बाहिर नआएपछि विमानका कर्मचारीले बाथरुमको ढोका ढकढक्याए, जब ढोका खुल्यो कर्मचारिहरु आश्चर्यमा परे र केहि बेर त स्तब्ध नै भए । बाथरुम भित्र ती युवायुवती नांगै आ–आफ्नो गुप्ताङ्ग छोपिरहेका थिए ।

विचित्र त त्यहाँ छ, कि ती युवायुवतीले विमान चढ्नु पूर्व एकअर्कालाई चिनेका पनि थिएनन् । विमानमा नै कुरा गर्दै गरेका ती जोडीले केहि बेरको कुराकानी पछि नै चुम्बन गर्न थालेको र पछि दुवै जना पालैपालो गरि एउटै बाथरुममा पसेको अन्य देख्ने यात्रुहरुको भनाइ छ ।
ती महिलालाई अब सबै विमानमा यात्रा गर्न सधैँका लागी रोक लागाइएको जानकारी भर्जिन एटलान्टिकले दिएको छ ।

प्रकाशित : 7 May, 2018

प्रतिक्रिया दिनुहोस्