माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
सहयात्रा टिभी
काठमाण्डौँ । बैशाख–२४,नेकपा माओवादी केन्द्रको संसद्मा आफ्नो भुमिका बारे छलफल गर्न संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
बिहान आठ बजे देखि सुरु भएको बैठकमा पार्टी एकताको विषयमा नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले छलफल गर्ने एक नेताले जानकारी दिएका छन ।
बैठकमा आर्थिक वर्ष ०७५र०७६ को बजेटका बारेमा छलफल भइरहेको पनि प्रचण्डको सचिवालले बताएका छन। आइतबार संघीय संसदमा पेश भएको नियमावलीमा दुवै सदन र संयुक्त गरी १६ समिति हुने उल्लेख गरिएको छ । माओवादी सांसद अग्नि सापकोटाले कतिवटा समितिमा सभापति भन्ने विषयमा समेत छलफल हुने बताएका छन ।