केपी ओली प्रचण्ड माधव नेपाल एमाले


“नेपाल लोक आइडल २०७५” सुरु हुँदै

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२४, नेपालमै पहिलो पटक टेलिभिजन रियालीटी शो “नेपाल लोक आइडल २०७५ ” को आयोजना हुने भएको छ । सार्थक डिजिटल म्यूजिक प्रा.लिको आयोजना र जेब्रा क्रियसनको प्रस्तुतीमा नेपाल लोक आईडल २०७५ आयोजना हुने भएको हो ।

कला र गलाको उचित संरक्षण र सम्बद्र्धन अहिलेको अपरिहार्यता भएकोले यस लोक आइडलको आयोजना गरिएको लोक आइडलका निर्देशक सुरेन्द्र दाहालले बताए ।

लोक आइडलको पहिलो विजेताले पुरस्कार स्वरुप नगद रु ३० लाख, प्रमाणपत्र र बिभिन्न गिफ्ट् ह्याम्परहरु पाउनेछन भने उनिहरुको क्षमता अनुरुपका गीतहरु तयार गरी म्यूजिक भिडियो समेत निर्माण गरिनेछ ।

त्यसरी नै दास्रो विजेतालाई नगद रु १५ लाख, प्रमाणपत्र र बिभिन्न गिफ्ट् ह्याम्परहरु सहित उनिहरुको क्षमता अनुरुपका गीतहरु तयार गरी म्यूजिक भिडियो समेत निर्माण गरिनेछ ।

त्यसरी नै तेस्रो विजेतालाई रु १० लाख, प्रमाणपत्र र बिभिन्न गिफ्ट् ह्याम्परहरु सहित उनिहरुको क्षमता अनुरुपका गीतहरु तयार गरी म्यूजिक भिडियो निर्माण गरिनेछ ।

प्रकाशित : 7 May, 2018

प्रतिक्रिया दिनुहोस्