केपी ओली प्रचण्ड माधव नेपाल एमाले


 मञ्जु राउतले २१ बालबालिहरुलाई विधालय भर्ना गरिदिईन

सहयात्रा टिभी

वीरगञ्ज । । बैशाख–२४,विरगन्जमा गैरसरकारी संस्थामा काम गर्ने २४ बर्षिय मञ्जु राउतले २१ जना डोम समुदायका बालबालिकालाई विद्यालयमा भर्ना गरिदिएकी छिन ।

उनले वीरगञ्ज २४ बहुअरीमा रहेको डोम बस्तीका २१ जना बालबालिकालाई विद्यालयमा भर्ना गराएकी हुन। मञ्जु डोम समुदायमा दिनै धाएर अभिभावक र बालबालीका सम्झाई बुझाई गरेपछि विधालय जान सहमत भएका हुन । विधालय जाने उमेर भएर पनि त्यहाका बालबालीकाहरु विधालय नपठाएको उनले बताएकी छिन ।

उनले एक सात सम्म आफै उनिहरुलाई विधालयबाट ल्याउने र छुट्टी भएपछि लिएर जाने र यसले गर्दा उनीहरुलाई विद्यालयमा आउने जाने बानी पर्ने बताएकी छिन । विधालय जान पाएपछि डोम समुदायका बालबालिका दंग परेर बिधालय गएका छन् । उनीहरुलाई विद्यालयमा अन्य विद्यार्थी र शिक्षकहरुले ताली बजाएर स्वागत गरेका थिए ।

प्रकाशित : 7 May, 2018

प्रतिक्रिया दिनुहोस्