केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निमको फल परिवार नियोजनको साधन

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२५, हामीले निमपत्तालाई त औषधिको रुपमा प्रयोग गर्दै आएका छौ तर हामीलाई यसको फलको बारेमा जानकारी नहुन सक्छ । निमको फलले यसको पत्ताले भन्दा बढि फाइदा दिन्छ । निमको फलका फाइदाहरु निम्नानुसार छन् ।


१) निमको फलबाट निकालिएको दुर्गन्धित धुलोले लामखुट्टेलाई वरपर आउन नदिने र अण्डा उत्पादन हुन पनि दिदैंन फलस्वररुप लामखुट्टेबाट लाग्ने रोगबाट बच्न सकिन्छ ।
२) निमको फलको प्रयोग आँखा र कानमा प्रयोग हुने मलम बनाउन गरिन्छ ।
३) यसलाई परिवार नियोजनको साधनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । महिलामा गर्भ रोक्नका लागि निमको तेलको उपयोग लुब्रिकेन्टको रुपमा गर्न सकिन्छ ।
४) माटोलाई मलिलो बनाउन पनि निमको फललाई प्रयोग गर्न सकिन्छ । निमको फलबाट तेल निकालेर बाकिँ रहेका पिनालाई बारीमा हालेमा बारीमा नाइट्रोजनको कमि हुनबाट बचाउँछ ।
५) घरमा झिंगा, उडुस, उपिँया, घुनजस्ता किराले सताएको छ भने त्यसलाई भगाउनका लागि निमको फलको प्रयोग गर्न सकिन्छ ।
६) निमको तेल साबुन, लोशन, फेस वाश आदिमा पनि मिसाइएको हुन्छ, यस्तो चिजको प्रयोगले छाला नरम र चमकदार हुने साथै छाला सम्बन्धि समस्याको समाधान हुन्छ ।
७) निमको तेलको प्रयोगले कपाल झर्ने, चायाँ पर्ने जस्ता समस्या समाधान हुनुको साथै कपाल कालो र बाक्लो बनाउन मद्यत समेत गर्दछ ।
८) निमको फल र पातबाट बनेको तेलले किड्नी, मूत्राशय तथा प्रोस्टेटसँग सम्बन्धित बिमारीको उपचारमा सहयोग गर्छ ।

प्रकाशित : 8 May, 2018

प्रतिक्रिया दिनुहोस्