आईपीएलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई हरायो

सहयात्रा टिभी

एजेन्सी । बैशाख–२५, इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच रनले हराएको छ ।

सोमबार राति टस हारेर व्याटिङ गरेको हैदरावादले कप्तान केन विलियम्सनको ५६ रनको मद्दतमा १४६ रन बनाएको थियो ।

१४७ रनको लक्ष्य पछ्याएको बैंग्लोर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रनमा समेटियो । खेलको अन्तिम बलमा भुवनेश्वर कुमारले कोलिन डि ग्रान्डहोमलाई ३३ रनको स्कोरमा बोल्ड गरे । मन्दिप सिंह २१ रन बनाएर आउट भए ।

हैदरावादका कप्तान केन विलियम्सन प्लेयर अफ दि म्याच भए । हैदरावादसँग हारेसँगै प्लेअफमा पुग्न बैंग्लोरलाई मुस्किल भएको छ ।

प्रकाशित : 8 May, 2018

प्रतिक्रिया दिनुहोस्