केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जीवनमा खुसी ल्याउने बुद्धका वाणीहरु

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२५, भगवान गौतम बुद्धले दिएका केहि वाणीहरु यस प्रकार छन्, जुन वाणीहरु पढेर अपनाउन सके जीवन खुसी राख्न सकिन्छ ।१) भुतकालमा नउल्झ, भविष्यको सपनामा नहराउ, वर्तमानमा ध्यान देउ, यहि खुसी रहने बाटो हो।
२) घृणाले घृणा कहिल्यै कम गर्न सक्दैन। घृणालाई केवल प्रेमले मात्र समाप्त गर्न सकिन्छ। यो एक प्राकृतिक सत्य हो।
३) सत्यको मार्गमा हिड्ने मानिसले केवल दुइ गल्ति गर्न सक्छ, पुरा मार्ग तय नगर्नु या शुरुवात नै नगर्नु।
४) क्रोधित रहनु, जलिरहेको कोइलालाई कुनै दोस्रो व्यक्तिमाथी फ्याक्ने इच्छाले समातेर बस्नु समान हो। यसले स्वयम आफुलाई नै जलाउँछ।
४) एक बलिरहेको दिपकबाट हजारौ बत्ति बाल्न सकिन्छ, तापनि सो दिपकको प्रकाश कम हुदैन। यसै गरि खुसि बाड्नाले बढ्छ, कम हुदैन।
५) तिम्रो क्रोधको लागि कसैले सजायँ दिदैन, बरु तिमीलाई आफ्नै क्रोधबाटै सजायँ मिल्छ।
६) संकोच र शंकाको बानी भन्दा भयानक अर्को हुदैन। शंकाले मानिसलाई अलग गर्दछ र मित्रता तोड्छ।
७) हजारौं लडाइ जित्नु भन्दा राम्रो यो हो कि तिमी आफुमाथी विजय प्राप्त गर। अनि जित सदैव तिम्रो हुनेछ।
८) तीन चिज कहिल्यै लुक्न सक्दैन, सूर्य, चन्द्रमा र सत्य।

प्रकाशित : 8 May, 2018

प्रतिक्रिया दिनुहोस्