केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मधुमेह भएका व्यक्तिले खानैपर्ने यि ५ खानेकुरा

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२६, मधुमेह एक त्यस्तो दिर्घ रोग हो, जुन रोग लागेका व्यक्तिहरुले जुनसुकै खानेकुरा, जुनसुकै समयमा खान मिल्दैन । मधुमेह रोग लागेका व्यक्तिहरुले मधुमेह नियन्त्रणका लागी खानै पर्ने खानेकुराहरुको बारेमा यसप्रकार ब्याख्या गरिएको छ ।

 

१) कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० प्रतिशत क्यालोरी र करिब २ ग्राम फाइृबर पाईन्छ । यसमा बिशेषगरी ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाईने भएकालले यसले मधुमेह, मुटुरोग र क्यान्सर जस्ता रोगबाट बचाउने तथा रोग लागेकालाई रोग नियन्त्रणमा मद्यत गर्दछ ।

२) स्याउमा मधुमेह कम गर्ने तत्व पाइन्छ साथै दिनको एउटा स्याउ खान सकेमा मधुमेहको खतरा २३ प्रतिशत कम हुन सक्छ ।

३) एभोक्याडो नास्पाति जस्तै देखिने एक फल हो जसले मधुमेह नियन्त्रण गर्न मद्यत गर्दछ । साथै एक अनुसन्धानका अनुसार एभोक्याडोले महिलाहरुमा मधुमेह हुने खतरा २५ प्रतिशतले कम गर्छ ।

४) ब्रोकाउलीमा बेटा क्यारोटिन नामक एीन्टअक्सिडेन्ट पाईन्छ, जसले मधुमेह रोगीलाई फाईदा पुर्याउँछ ।

५) प्याजमा एन्टिअक्सिडेटको मात्रा बढी हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ । प्याजमा मधुमेहका रोगीलाई फाईदा पुर्याउँने फाइबर, पोटासिम र फोलेटजस्ता तत्वहरु पनि पाइन्छ ।

६) माछामा ओमेगा ३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियासको जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।

प्रकाशित : 9 May, 2018

प्रतिक्रिया दिनुहोस्