भारतीय प्रधानमन्त्री मोदी नेपाल आउंदा काठमाण्डौंको सडक एक घण्टा खाली गराउने
सहयात्रा टिभी
काठमाण्डौँ । बैशाख–२६, प्रधानमन्त्री मोदी दुई दिने नेपाल भ्रमण आउदैछन । उनको भ्रमणको क्रममा रुट एक घण्टा खाली गराउनुपर्ने भएकोले सर्वसाधरणहरुले सडकमा सास्ती भोग्नुपर्ने भएको छ।
उनी जनकपुर दर्शन गरेर शुक्रबार बिहानै काठमाण्डौँ आउने भएका छन । प्रधानमन्त्री मोदी बौद्धस्थित हायात होटलमा बस्ने होटलसम्म पुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक घण्टा बाटो खाली गराउने सुरक्षा योजना बनेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी उमेश रञ्जितकारका अनुसार राजकीय भ्रमण भएकाले मापदण्डअनुसार सडक खाली गराउनुपर्ने बताएका छन ।