पिएसजीले जित्यो फ्रेन्च कपको उपाधि

सहयात्रा टिभी

एजेन्सी । बैशाख–२६, लिग वानको उपाधि विजेता पिएसजीले मंगलबार राति फ्रेन्च कपको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनलमा तेस्रो डिभिजनको लेसलाई २/० गोलले हराउँदै पिएसजीले उपाधि जितेको हो।

यसअघि उसले फ्रेन्च लिग कपको उपाधि पनि जितेको थियो । पिएसजीको जितमा जिओभानी लो सेल्सो र एडिसन काभानीले गोल गरे। खेलको २६ औ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

फेरी ७४ औं मिनेटमा काभानीले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। चोटका कारण मैदान बाहिर रहेका पिएसजीका नेइमार फाइनलमा उपस्थित भएका थिए। उनी खेल्न नसके पनि जर्सी लगाएर रंगशाला छिरेका थिए।

प्रकाशित : 9 May, 2018

प्रतिक्रिया दिनुहोस्