केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नर्वेको राजधानी ओस्लोमा कार प्रतिबन्ध

सहयात्रा टिभी

एजेन्सी । बैशाख–२६, नर्वेको राजधानी ओस्लोमा अर्को बर्षदेखि सबै प्रकारका खनिज इन्धनका कार प्रतिबन्ध लगाइने भएको छ । सन् २०१५ मा नै ओस्लोलाई सन् २०१९ सम्ममा कार मुक्त क्षेत्र बाउने घोषण गरिए अनुरुप उक्त योजनाअनुसार कार्यान्वयन गरिने भएको हो ।

सन् २०१९ मा ओस्लो शहरमा मात्र यो नियम लागु भए पनि सन् २०२५ सम्ममा भने देश भरि नै यो नियम लागु गरिने भएको छ । कार मुक्त भएपछि सबै यात्रुहरुले यात्राका निम्ति पैदल, साइकल वा सार्वजनिक ठूला बसहरुको प्रयोग गर्नु पर्ने छ । बसहरु पनि सबै विद्युतिय हुनेछन् ।

साइकलको लागि शहरमा सयौं किलोमिटर दूरीका साइकल लेन बनेका छन् । बस र ट्रकबाट कुनै समस्या नहोस् भनेर साइकल लेनमा चम्किलो रङ पोतिएको छ । साइकल लेनको चौडाइ साढे दुई मिटरसम्म छ । नर्वे सँगै अन्य कतिपय युरोपेली मुलुकहरुमा पनि कार प्रतिबन्ध लगाउन थालिएको छ ।

प्रकाशित : 9 May, 2018

प्रतिक्रिया दिनुहोस्