संसारका केहि अनौठा कानुनहरु
संसारका सबै मुुलुकहरुमा मुलुकलाई सभ्य, अनुशासित र व्यवस्थित तुल्याउन कानुन बनाइएको हुन्छ । संसारका कतिपया देशहरुमा यस्ता पनि केहि नियम कानुनहरु छन्, जुन हामीलाई पत्याउनै मुस्किल पर्छ । यस्ता केहि कानुनहरु यसप्रकार छन् ।
१) डेनमार्कमा अभिभावकले आफुखुसी आफ्ना बच्चाको नाम राख्न पाउँदैनन् ।
२) अमेरिकाको नेवादामा दाह्रीवाल पुरुषहरुले महिलालाइ चुम्बन गर्न नदिने प्राचीन कानून रहेको छ ।
३) मोन्टाना टापुको बोजम्यानमा प्रचलित एक कानूनका अनुसार त्यहाँ सुर्यास्त पश्चात् घरको प्रांगणमा यौन गतिविधि गर्न प्रतिबन्ध छ ।
४) अमेरिकाको मिनिसोटामा महिला र पुरुषका भित्रि वस्त्रलाई एकैठाउँमा सुकाउन पाइँदैन ।
५) अमेरिकाको फ्लोरिडामा जनावरको नक्कल गरेमा कानुन लाग्छ ।
६) समोआमा आफ्नी पत्नीको जन्मदिन भुल्ने लोग्नेलाई सजाय हुन्छ ।
७) स्विजरल्याण्डमा रातको दश बजेपछि ट्वाइलेटको फ्लस बटन दबाउन प्रतिबन्ध छ । यो नियम सरकारले नभइ घरबेटीहरुले लगाएका हुन्छन् ।
८) सिंगापुरमा चुइंगम प्रतिबन्धित छ । चुइंगम बोकेको वा चपाएको थाहा पाएमा जरिवाना तिर्नु पर्छ ।