केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट

सहयात्रा टिभी

एजेन्सी । बैशाख–२७, १८ औँ एशियाली खेलकूद प्रतियोगिताका लागि कुस्ती खेलाडी छनोट गरिएको छ । आगामी अगस्त १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियामा हुने प्रतियोगितामा ३ जना पुरुष खेलाडी छनौट भएका हुन् ।

बुधबार भएको छनोट प्रतिस्पर्धाबाट ५७ केजीमा नेपाल प्रहरीका भागवत शाह, ६५ केजीमा पर्साका सरोज यादव र ७४ केजीमा कञ्चनपुरका सुरेश चुनारा छनोट भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य एवं छनोट समितिका संयोजक शान्ति सिंहले जानकारी दिइन ।

प्रकाशित : 10 May, 2018

प्रतिक्रिया दिनुहोस्