केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कडकनाथ कुखुराको मासुदेखि अण्डासम्म कालो

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२७, स्थानिय भाषामा कालामासि भनिने कडकनाथ कुखुरा हेर्दा कालो रङको देखिनुका साथै यसको मासु र अण्डा पनि कालो नै हुन्छ । भारतको आदिबासि समुदायमा प्रचलित यो कुखुराको उत्पति भातरकै मध्य प्रदेशमा भएको हो ।

आदिवासी समुदायले यो प्रजातीको कुखुरालाई विभिन्न चाड्पर्व ,देविदेवतालाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो, जसका कारण जङ्गलमा भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

महिलाहरुमा देखिने बाजोपनको उपचार , मष्तिस्क सम्बन्धित रोग , मुटु सम्बन्धित रोग हुनेहरुको लागि यो जातको कुखुराको मासु राम्रो हुन्छ, साथै यो कुखुराको मासुमा हुने पोषण तत्वहरुका कारण रोग प्रतिरोधकको रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ । नेपालमा कडकनाथ जातको कुखुराको व्यवसाहिक सम्भावना छ र हालसालै कतैकतै पाल्न पनि थालिएकोछ ।

प्रकाशित : 10 May, 2018

प्रतिक्रिया दिनुहोस्