केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णाली प्रिमियर लिगमा सहभागी हुने समूहको घोषणा

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२७, कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको सबै भन्दा ठूलो पुरस्कार राशिको क्रिकेट खेल ‘कर्णाली प्रिमियर लिग’मा सहभागी हुने समुहको घोषण भएको छ ।

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा हुन लागेको उक्त प्रतियोगितामा स्थानीय र राष्ट्रिय गरि जम्मा १० टोलीको सहभागीता रहने भएको छ ।प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, त्रिभुवन आर्मी क्लब, रुपन्देही–११, महाकाली क्रिकेट क्लब, भेरिगंगा स्पोर्ट्स क्लब, काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, एबीसी क्लब र धनगढी क्रिकेट एकेडेमी सहभागी हुने आयोजक बन्धु विकास सहकारी संस्थाले जनाएको छ।

‘कर्णाली प्रिमियर लिग’ जेठ २ गतेदेखि सुर्खेतको कालिञ्चोक क्रिकेट मैदानमा हुने छ। उक्त प्रतियोगितामा विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार र उत्कृष्ट बलरले र ब्याट्सम्यानले १० / १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सबै खेलको म्यान अफ द म्याचले २ हजार ५ सय नगद प्राप्त गर्ने छन् ।

खेल हेर्न आउने दर्शकहरुलाई चिठ्ठा मार्फत प्रत्येक दिन एक जना भाग्यशाली विजेतालाई १ हजार नगद प्रदान गर्ने व्यवस्था समेत गरिएको आयोजक परिवारले जनाएको छ ।

प्रकाशित : 10 May, 2018

प्रतिक्रिया दिनुहोस्