केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केन्यामा बाँध भत्किँदा ३२ जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । बैशाख–२८, केन्याको नारुक प्रदेशमा रहेको एक बाँध भत्किँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ भने लगभग २५ सय भन्दा बढि मानिसहरु विस्थापित भएका छन् । बाधँ भत्किएर पानी मानिसहरुको बसोबास भए तिर गए पछि नारुकमा ठूलो मात्रामा धनजनको क्षति भएको हो ।

बाधँ भत्किएपछि वरपरका घरहरु, विद्यालय र व्यापारिक भवनहरु क्षतिग्रस्त भएको अधिकारिहरुले जनाएका छन् । साथै बिहिबार बेलुकासम्म प्राप्त जानकारी अनुसार ३२ जनाको मृत्यु भइसकेको छ भने वेपत्ता भएकाहरुको खोजी र उद्धार कार्य जारी रहेको छ । मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको कमाण्डर किबुन्जाले जानकारी दिए ।

विस्थापितहरुलाई स्थानियबासि, प्रकोप व्यवस्थापन कार्यालयका टोली साथै रेडक्रसका स्वयमसेवकहरुले खोजी, उद्धार कार्य र बस्ने व्यवस्थाको लागी सहयोग गरिहरेका छन् । उनीहरुले माटोमा पुरिएर घाइते भएका ४० भन्दा बढिलाई उद्धार गरी उपचारको लागी अस्पताल समेत पु¥याएका छन् ।

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्