केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्यारी दिदी…….

सहयात्रा टिभी

शहर थियो बिरानो

अन्जान थिए म

आइपुगेयौ तिमि समाउन मेरा हातहरु,

  

न जन्मको नातान रगतको नाता

बस थियौ हामि अन्जान अन्जान

समय न हो आखिर बिस्तारै बिस्तारै

जोडिएयौ हामि भाबनाको नातामा,

 

अज्नबी नै अज्नबिको भिडमा

तिमी साहार भएर आयौ,

उमिंद भएर आयौ

र भएर आयौ आशाको किरण,

  

यहाँ सब सब पैसाकोपछि दौडिन्छन्

सायद म पनि

तर बुझ्दैछु पैसा कमाउने जति

सबैले सम्बन्ध कमाउदैनन्,

चाहे दुई नम्बरी गरेर होस्

चाहे ठमेलमा रात बिताएर होस्

पैसा त कमाए कै हुन्छन्,

 

तर गाह्रो रहेछ र छ

सम्बन्ध कमाउन,खुसी कमाउन

आज म खुशि छु किनकि

मैले सम्बन्ध कमाएकि छु

अझ भनौ तिमि कमाएकि छु

र बुझ्दैछु सफलता पुर्णता हैन,यात्रा हो

र त्यही कुरा पछ्याउँदै छु,

 

मेरा हरेक पाईलाहरूमा साथ दिने

प्यारी दिदी तिमिलाई धेरै धेरै सम्झना

र तिमि यो सास रहुन्जेल

मेरा स्मृतिमा  सदा सदा रहिरहने छौ !!

                         यमुना थापा

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्