केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ग्रेटर नेपालका ३ कार्यकर्ता पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–२८, ग्रेटर नेपालका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा विरोधी कार्य गर्न सक्ने आरोपमा उनीहरुलाई शुक्रबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विमल बुर्लाकोटी, प्रकाश सुवेदी र गोविन्द गोरा रहेका छन् । उनीहरुलाई प्रहरीले बागबजार र बालाजुबाट पक्राउ गरेको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

मोदीको भ्रमणको क्रममा विरोधी कार्य गर्न सक्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रमुख सिंहले जनाए ।

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्