केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिशहोमको १०८ मा आजबाट नेपाली कथानक चलचित्र जालो प्रसारण हुने

सहयात्रा टिभी
काठमाण्डौँ । बैशाख–२८, डिशहोमको च्यानल न.१०८ मा नेपाली चलचित्र जालो प्रसारण हुने भएको छ । प्रति शो को रु २२५ शुल्क तिरी डिशहोमका ग्राहकले हेर्न सकिने व्यवस्था डिशहोमले मिलाएको छ । शो समय विहान ८ बजे, दिउँसो १२ बजे र ४ बजे देखि बेलुकी ८ बजे हेर्न सकिने छ ।
ग्राहकहरुले सिनेमा हेर्नका लागि मोबाईलबाट sms साधारण पठाएर हेर्न सकिनेछ । साथै, CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय CasID नम्बर राखी sms ३२५८० वा ३२५०० मा पठाएर पनि चलचित्र हेर्न सकिनेछ ।
सिनेमा यसरी हेर्न सकिन्छ ।
१.मोबाईलबाट साधारण sms पठाएर
विहान ८ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID a
दिउँसो १२ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID b
दिउँसो ४ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID c
बेलुकी ८ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID d
२.डिशहोम ग्राहक सेवा केन्द्रमा फोन गरेर १६६० ०१ २२००० वा ०१–४२१७६६६

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्