प्युठानमा बस दुर्घटना हुदां चालकसहित ५ को मृत्यु

प्युठान । वैशाख ३०, महेन्द्रनगरबाट प्युठानको खलंगातर्फ छुटेको रात्री दुर्घटना हुदां चालकसहित ५ जनाको मृत्यु भएको छ । ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको रात्री बस दुर्घटना हुदां बस चालक कैलालीका बीरबहादुर थारुसहित ५ जना यात्रुको मृत्यु भएको छ भने २५ जना घाइते भएको प्युठान प्रहरी प्रमुख राजेन्द्र पोख्रेलले जानकारी दिए । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेका छन् । दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी छ ।
पहिचान भइसकेका घाइतेकाे नामावली :
शशिराम जैशी
भावना जाेशी
प्रकाश दाहाल
शिव ब. केसी
सपना विक
तारा ब. विक
धर्मजित विक
जगदिश
ईश्वर खड्का
प्रकाश साउद
शेर ब. विक
सपना विक
सुस्मा चाैधरी
प्रेम केसी
सुशील रानामगर
तुकमान खड्का
वृजु विक
गाेमा गिरी
वसन्त अधिकारी शर्मा
तिर्थराज पाेख्रेल
थम्मन विक
बसको हेड लाईट बिग्रिएकाले बस सडकबाट २ सय मिटर तल खसेको दुर्घटनाको प्रारम्भिक अध्ययनबाट खुल्न आएको प्रहरीले जनाएको छ ।