केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईपीएलमा सन्दिप लामिछानेको डेब्यू

सहयात्रा टिभी

एजेन्सी । बैशाख–३०, इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा सन्दिप लामिछानेले डेब्यू गरेका छन् । रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा शनिबार सन्दिपले डेब्यू गरेका हुन् ।

दिल्ली डेयर डेभिल्सले प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको अवस्थामा प्लेइङ ११ मा पारेपछि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले आफूलाई सबैभन्दा किफायी बलरका रुपमा प्रमाणित गरेका छन् । सन्दिप आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् । दिल्लीले उनलाई २० लाख भारुमा टिममा भित्र्याएको थियो । उनले ११.५ ओभरमा एबी डि भिलियर्सलाई एउटा मात्रै छक्का हान्ने मौका दिए । समग्र बलिङको कुरा गर्दा सन्दीपले १० डट बल प्रहार गरे, उनको इकोनोमी ६.२५ थियो ।

त्यसैगरी उनले पेभेलियन फर्काएका पार्थिब पटेलले पनि केबल एक मात्रै चौका प्रहार गर्न सके । पटेलले २.३ ओभरमा चौका हाने लगत्तै २.४ ओभरमा सन्दीपले उनलाई एलबीडब्लु धरापमा पारे । आरसीबी तथा भारतीय कप्तान विराट कोहलीले पनि सन्दीपको बलमा एक मात्रै चौका प्रहार गर्न सके । कोहलीले छैटौँ ओभरमा सन्दीपको पहिलो बलमा चौका हानेपनि त्यसपछि १–१ रन मात्रै बटुल्न सके ।

दिल्लीका लागी बलिङ गर्न पाएकोका सन्दिपले, विश्वका उत्कृष्ट ब्याट्मेनविरूद्ध बलिङ गर्न पाउँदा अत्यान्तै खुसी लागेको र यसबाट धेरै सिक्न पाएको बताए।

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्