प्रधानमन्त्री ओलीले मोदीको भ्रमणबारे संसद्लाई जानकारी दिने
सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–३०,आज वस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे जानकारी दिने भएका छन ।
प्रतिनिधिसभाको विहान ११ बजे बस्ने बैठकमा सम्बोधन गर्ने तयारी रहेको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले बताएका छन । भ्रमणको बेला भएका उपलब्धिका बारेमा प्रधानमन्त्री ओलीले जानकारी गराउन लागेको उनको निजि सचिवलयले जनाएका छन ।
सम्बोधनको समय व्यवस्थापनका लागि प्रधानमन्त्रीको सचिवालयले सभामुख कृष्णबहादुर महरालाई आग्रह गरिसकेको छ । संघीय संसद् सचिवालयले पनि प्रधानमन्त्रीको सम्बोधनका जानकारी आएको बताएका छन । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका कारण रोकिएको छलफलले आजदेखि निरन्तरता पाउन लागेको छ ।