केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक अमेरिकी नागरिकलाई पाकिस्तान छाड्न प्रतिबन्ध

सहयात्रा टिभी

एजेन्सी । बैशाख–३०, पाकिस्तानले एक अमेरिकी नागरिकलाई पाकिस्तान छाड्न प्रतिबन्ध लगाएको छ । मोटरसाइकल चालकलाई ठक्कर दिएर मारेको आरोप लागेका अमेरिकी नागरिक कर्नल जोसेफ इमानुयल हललाई पाकिस्तानले पाकिस्तानबाट अमेरिका फर्कन प्रतिबन्ध गरेको हो ।

पाकिस्तानस्थित अमेरिकी दुतावासमा कार्यरत सैनिक इमानुयललाई लिन अमेरिकाले जहाज पठाएको थियो तर पाकिस्तानले इमानुयललाई फर्कन दिएन ।

गत ७ अप्रिलमा इस्लामावादको उत्तर क्षेत्रमा पर्ने दमन–ए–कोहमा भएको दुर्घटनामा २२ वर्षीय अतिक बेगको मृत्यु भएको थियो । चोकमा रातो बत्ती बलेको बेला तीव्र गतिमा बाटो पार गर्दै गरेको मोटरसाइकललाई सेतो कारले ठक्कर दिएको थियो जुन कार कर्नल जोसेफले चलाएका थिए, साथै उनले मादक पदार्थ समेत सेवन गरेका थिए ।

तर अमेरिकाले भने यो विषयमा खण्डन गर्दै आएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यो विषयलाई लिएर ट्विटरमा पाकिस्तानलाई कपटि भनि ट्विट समेत गरेका थिए, साथै पाकिस्तानलाई प्रदान गर्ने सबै सेवासुविधा बन्द गर्न घोषण समेत गरेका थिए ।

यो घटनाले पाकिस्तान र अमेरिकाविचको राजनीतिक सम्बन्धमा फाटो ल्याएको देखिन्छ ।

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्