सडकमा चकलेटको खोला बगेपछि
सहयात्रा टिभी
एजेन्सी । बैशाख–३०, पोल्यान्डमा गत बुधबार विहान चकलेटको खोला बग्यो । चकलेटको लेदो बोकेको कन्टेनर ट्रक पल्टिएपछि ट्रकमा भएको सबै चकलेटको लेदो पोखिएर बाटोमा खोला बगेको हो ।
वार्सा र पोजानबीचको राजमार्ग खण्डमा गत बुधबार बिहान साढे ५ बजे यो घटना भएको हो । ट्रकमा कैयौं टन तरल चकलेट थियो । तिव्र गतिमा गुडिरहेको उक्त ट्रकले सडक छेउको बारमा ठक्कर दिएपछि ट्रक पल्टिएको हो ।
ट्रक पल्टिएपछि खोला झै बगेको चकलेटको लेदोको कारण केहि बेर सडक जाम समेत भएको प्रहरीले जानकारी दिएका छन् । चकलेटको लेदो सफा गर्न धेरै पानिको आवश्यकता परेको थियो । चाँडै सडक सफा नगरेको भए चकलेटको लेदो जमेर सफा गर्न मुस्किल पर्ने प्रहरीको भनाइ थियो ।