केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इन्डोनेसियाका चर्चहरुमा आतंककारी हमला, ९ जनाको मृत्यु, कयौं घाइते

सहयात्रा टिभी

एजेन्सी । बैशाख–३०, इन्डोनेसियाको सुरावियामा रहेका ३ वटा चर्चहरुमा आतंककारी हमला भएको छ । आइतबार बिहान भएको उक्त छुट्टाछुट्टै हमलामा परि ९ जनाको ज्यान गएको छ भने कयौं घाइते भएका छन् ।

हमलामा परि ४० भन्दा बढि घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर भएकाले मृत्यु हुनेको संख्या बढ्ने सम्भावना भएको प्रहरीले जानकारी दिए ।

इन्डोनेसिया मुस्लिमहरुको बाहुल्यता भएको मुलुक हो । समय समयमा मुस्लिमहरुले यस्तो हमला गर्ने गर्छन । हमला हुन सक्ने सम्भावनाले गर्दा उच्च सुरक्षा सतर्कता अपनाइएको अवस्थामा पनि उक्त घटना हुन पुगेको हो । हमलाको जिम्मा हाल सम्म कसैले नलिए पनि त्यहाँका अतिवादि मुस्लिमहरुबाट यस्तो हमला भएको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्