बोक्सीको आरोपमा कुटिएकी राधा चौधरी कक्षा ११ को परिक्षा दिदै

कैलाली । बैशाख–३०,बोक्सीको आरोपमा कुटिएकी राधा चौधरी आज देखि कक्षा ११ को परिक्षामा सहभागि भएकी छिन । गत फागुन अन्तराष्ट्रिय नारी दिवसको दिन उनलाई रामबहादुर चौधरी , किस्मती चौधरी, स्मारिका चौधरी लगाएतले बोक्सीको आरोपमा कुटपिट गरेका थिए ।
उनी कैलाली स्थित घोडाघोडी बहुमुखी क्याम्पस परिक्षा केन्द्रबाट परीक्षा दिर्इरहेको कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिएका छन ।
परिक्षामा सहभागि हुदै उनले बोक्सी भन्दै कुटपिट गरेपछि राम्रो पढाईमा ध्यान दिन नसकेको बताएकी छिन । तरपनि परिक्षाका लागि भन्दै केहि समयदेखि मिहिनेत गरेर पढिरहेको र अवस्य सफल हुने उनले बताइन ।