सिटीले तोड्यो एक साथ चार किर्तिमान

एजेन्सी । बैशाख– ३१, म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई हराउँदै प्रिमियर लिगमा किर्तिमान १ सय अंक हासिल गर्न सफल भएको छ । सब्सिटिच्युट ग्याब्रियल जिससले खेलको इन्जुरी समयमा गोल गरेपछि म्यान्चेस्टर सिटी उक्त किर्तिमान राख्न सफल भएको हो ।
सिटीले एक सिजनमा सबैभन्दा धेरै जित निकाल्ने ५७ वर्ष पूरानो टोटनहमको किर्तिमान पनि भंग गरेको छ । यो सिजन सिटीको ३२ औँ जित थियो ।सिटीले ७९ गोलको अन्तरको नयाँ किर्तिमान बनाएको छ ।