केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नागैं जानुपर्ने अनौठो संग्रहालय

सहयात्रा टिभी

एजेन्सी । बैशाख–३१, फ्रान्सको राजधानी पेरिसमा रहेको एक चर्चित संग्रहालय भित्र पस्दा आगन्तुकहरुले शरिरका सबै कपडा खोलेर पस्नु पर्छ । पेरिसको दी पालाइस डु टोक्यो नामक संग्रहालयमा शनिबारको दिन मानिसहरु नांगै जानपाउने व्यवस्था गरिएको हो ।

फ्रान्समा निर्वस्त्रवादी अर्थात् नुडिस्ट समुदायको निरन्तरको आग्रह तथा दबाबपछि संग्रहालयले यस्तो व्यवस्था गर्न लागेको हो । उक्त संग्रहालयमा शनिबारको दिन म्युजियम खुल्ने समय भन्दा पहिले नै नांगै घुम्न चाहने मानिसहरु आइ भ्रमण गरि म्युजियम खुल्ने समयसम्ममा फर्किसक्नु पर्ने हुन्छ ।

यो सुविधा निर्वस्त्र घुम्न चाहने मानिसहरुको लागी हो । त्यसैले निर्वस्त्र मानिसहरु म्युजियममा देखेर अन्य मानिसहरुलाई कुनै असर नपरोस भन्ने उद्देश्यका साथ यो समय मिलाइएको हो । यस अघि पनि फ्रान्समा निर्वस्त्र घुम्नका लागी पार्क र रेष्टुराँ खुलिसकेका छन् । निर्वस्त्र घुम्न चाहने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेकाले विस्तारै निर्वस्त्रवादीहरुको विस्तार भइरहेको देख्न सकिन्छ ।

प्रकाशित : 14 May, 2018

प्रतिक्रिया दिनुहोस्