भ्यागुताले चेपागाँडा जन्माए पछि
सहयात्रा टिभी
काठमाण्डौं । बैशाख–३१, अधिकाशं भ्यागुताहरुले फुल पार्ने गर्छन भने केहि भ्यागुताले बच्चा भ्यागुता जन्माउँछन् । भ्यागुताले फुल पारेपछि उक्त फुलबाट चेपागाँडा निस्कन्छ । तर हालै भ्यागुताले फुल अथवा बच्चा जन्माउनुको सट्टा चेपागाँडा जन्माएको तथ्य बैज्ञानिकहरुले फेला पारेका छन् ।
भ्यागुताले चेपागाडा जन्माएको जिव विज्ञानका लागि नयाँ तथ्य बनेको छ । इण्डोनेसियाको सुलावेसी प्रान्तमा पाइने दाह्रावाल प्रजातिको Limnonectes larvaepartus नामक भ्यागुतालाई झण्डै १ दशकसम्म अध्ययन गरि जिव वैज्ञानिकहरुले यस्तो अनौठो तथ्य फेला पार्न सफल भएका हुन् ।
उक्त प्रजातिको भ्यागुताले फुल र बच्चा जन्माउनुको साटो चेपागाडा जन्माउने गरेको आशंकामा वैज्ञानिकहरुले एक दशकदेखि उक्त प्रजातिको भ्यागुतालाई पछ्याइरहेका थिए ।